• Home »
  • ताजा खबर »
  • दुर्घटनामा बेलबारीका निरौलाको मृत्यु, लालभित्ति शोकमग्न
दुर्घटनामा बेलबारीका निरौलाको मृत्यु, लालभित्ति शोकमग्न

दुर्घटनामा बेलबारीका निरौलाको मृत्यु, लालभित्ति शोकमग्न

बेलबारी । मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक बिद्यार्थीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाईकल चालक बेलबारी २ लालभित्ति घर भई स्थानीय शिक्षा सन्देश इङिलस स्कुलमा कक्षा १२ मा अध्यायनरत योगेश निरौलाको शुक्रबार मृत्यु भएको हो ।

घाइते दुवैलाई उपचारको लागि विराटागर स्थित न्युरो अस्पताल लगिएको थियो । उनको मृत्युपछि दशैको मुखमा उनको परिवार सहित लालभित्ति शोकमा डुबेको छ ।

The post दुर्घटनामा बेलबारीका निरौलाको मृत्यु, लालभित्ति शोकमग्न appeared first on Nepal Insider.

Share