• Home »
  • ताजा खबर »
  • ८१ वर्षका वृद्धको भेष बनाएर अमेरिका जान लागेका ३२ वर्षका युवक विमानस्थलमा पक्राउ
८१ वर्षका वृद्धको भेष बनाएर अमेरिका जान लागेका ३२ वर्षका युवक विमानस्थलमा पक्राउ

८१ वर्षका वृद्धको भेष बनाएर अमेरिका जान लागेका ३२ वर्षका युवक विमानस्थलमा पक्राउ

एजेन्सी। भारतको गुजरातमा बस्ने एक युवकले अमेरिका जानका लागि अपनाएको तरिकाले दिल्ली विमानस्थलका सुरक्षाकर्मीलाई समेत चकित बनायो । शंका लागेपछि सुरक्षाकर्मीहरूले ह्वीलचेयरमा गइरहेका ८१ वर्षका वृद्धलाई रोकेर सोधपुछ गरे ।उनी ३२ वर्षीय जयेश पटेल हुन् । अहमदाबादमा बस्ने उनी न्युयोर्क गएर जिन्दगी परिवर्तन गर्न चाहन्थे । तर भिजा पाइरहेका थिएनन् । त्यसपछि उनले षड्यन्त्र रचे । उनले वृद्धको गेटअप बनाए । कपाल र दाह्री उनले सेतो रंगले पोते । उनले क्लीयरेन्स पाउनु चाहिँ अचम्मको कुरा भयो ।

तर विमानस्थल सुरक्षामा तैनाथ गरिएका सीआईएसएफ जवानले उनलाई चिनिहाले । सोधपुछ गरेपछि उनी पक्राउ परे । उनी अमरीक सिंह नाम राखेर विदेश जान लागेका थिए । बूढो देखिनका लागि उनले जिरो नम्बरको चश्मा पनि लगाएका थिए । अनि शंका नहोस् भनेर ह्वीलचेयरमा बसेर आएका थिए । उनलाई लामो समयसम्म सोधपुछ गरिएको थियो ।

Share