गहिरो र मीठो निद्राका लागि अपनाउँनुस यी उपायहरु

गहिरो र मीठो निद्राका लागि अपनाउँनुस यी उपायहरु

स्वास्थ्य जीवन जिवनको लागि कुनै पनि जीवका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ अझ त्यसमा पनि मानव जातिका लागि ८ घण्टा निद्रा अनिवार्य नै छ । पर्याप्त निद्राको अभावमा डिप्रेसनमात्र नभई डायबेटिज जस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी यसो गर्नुहोस –

सुत्ने कोठामा मधुरो बत्ती राख्नुस् –

चर्को प्रकाशमा बसेर सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

तालिका बनाउनुस् –

सुत्ने र उठ्ने समयतालिका बनाउनुस् र यसलाई भरिसक्के पालना गर्नुस् । सधँै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।

चुरोट छोड्नु्स्

चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

कथा, संगीत सुन्नुस्

निद्रा लाग्दैन भने रेडियो, ल्यापटप, मोबाइलबाट मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाल्नुस् । डाक्टरहरू निदाउने यो शैलीबाट धेरै मानिस लाभान्वित भइसकेको बताउँछन् ।

यो सामग्री शेयर गर्नुहोस्

The post गहिरो र मीठो निद्राका लागि अपनाउँनुस यी उपायहरु appeared first on pani.

Share