• Home »
  • अन्तर्वार्ता »
  • महान श्रीमान जसले श्रीमतीलाई आफ्नो मिर्गौला दिएर बचाए ! यस्ता महान पुरुष लागि सम्मान सरुप शेयर गर्नुहोस !
महान श्रीमान जसले श्रीमतीलाई आफ्नो मिर्गौला दिएर बचाए ! यस्ता महान पुरुष लागि सम्मान सरुप शेयर गर्नुहोस  !

महान श्रीमान जसले श्रीमतीलाई आफ्नो मिर्गौला दिएर बचाए ! यस्ता महान पुरुष लागि सम्मान सरुप शेयर गर्नुहोस !

श्रीमतीप्रति माया व्यक्त गर्ने योभन्दा बढी शब्द भेटाउँदैनन्, बाबुराम । मानौं यो संसारमा उनको माया व्यक्त गर्नका लागि पर्याप्त शब्द अविष्कारै भएको छैन । ‘माया त भन्नको लागि होइन, गर्नका लागि हो,’ श्रीमतीतर्फ सोझिएका बाबुरामका आँखाले यस्तै केही बोलेजस्तो लाग्छ ।

छेउमै रहेकी श्रीमती गोपी तामाङको भाषा पनि उस्तै, ‘खै मलाई त माया देखाउँनै आउँदैन ।’ दुई दशकदेखि गोपीलाई देखाउन नआउने त्यही मायाले बाबुराम पुलकित छन् । मागी बिहे भएको यो दुई दशकसम्म उनीहरुबीचको मायामा कहिल्यै झार उम्रिएन । त्यसैले त ओइलाएकी गोपीलाई आफ्नो मिर्गौला दिएर फक्राएका छन् बाबुरामले ।

उस्तै श्रीमान भएको भए सोच्न सक्थे, ‘श्रीमतीलाई पनि कहीँ मिर्गौला दिन्छन् ? मरिहाली भने अर्को बिहे गर्ने पो त !’ तर, बाबुराम भने गोपीलाई मिर्गौला त के मुटु नै दिन तयार छन् । गोपीको मायाले भक्कानिने बाबुरामको मुटुले यस्तै भन्छ । ‘उ विना बाँच्ने त म कल्पनै गर्न सक्दैन, ४२ वर्षीय बाबुराम बर्बराउँछन् ।’ ४२ वर्षकै गोपीले आँशु रोक्ने प्रयास गर्छिन् ।

शनिबारको दिन । फुर्सदमा थिइन् गोपी । अरु दिन भएको भए भारतीय दूतावासको गार्डेनमा व्यस्त हुन्थिन् । हामी ठूलोभर्याङस्थित उनको घरमा पुग्दा उनी घरमै थिइन् । १० बजेसम्ममा बिहानको सम्पूर्ण काम सक्काइसकिन् । आजको ठीक दुई बर्ष पहिलेको शनिबार गोपीको जीवनमा ग्रहण लागेको थियो । दुब्लाएर सिन्काजस्ती भएकी उनी निदान हस्पिटलमा थिइन् । श्रीमान उनीसँगै हुन्थे । गोपीको दुवै मिर्गौला काम नलाग्ने भइसकेका थिए ।

डायलोसिस गरिरहन्थिन् । तर, बेलाबेला स्वास फेर्न निकै गाह्रो पथ्र्यो । ‘मेरैअघि कति जना मरिरहेका हुन्थे’, गोपी थामिन सक्दिनन्, ‘म अब बाँच्दिनँ, यसरी नै जान्छु भन्ने लाग्थ्यो ।’ गोपी तीन वर्ष पहिले नै सुनिन थालेकी थिइन् । श्रीमती मोटाएको सम्झेर बाबुराम सुरुमा त खुशी भए । तर, विभिन्न समस्या देखिन थालेपछि उनले गोपीलाई वीर अस्पताल लगे । डाक्टरले मुटुको समस्या देखाए ।

त्यसपछि उनी गंगालाल पुगिन् । गगांलालले त मुटुमा होइन मिर्गौलामा समस्या देखायो । अनि फेरि उनीहरु वीरमा आए । वीरका डाक्टरले दुवै मिर्गौला काम नलाग्ने भएको बताए । बाबुराम र गोपी दुवैलाई डाक्टरको कुरामा विश्वास गर्न गाह्रो प¥यो । घरमा फर्किएपछि गोपीले भनेकी थिइन्, ‘आ.. केके हो केके । धामी कहाँ गए एउटा भन्छ, डाक्टरकहाँ गए अर्को भन्छ ।’

एक बर्षपछि गोपी झन्झन् सुन्निदै गइन् । बाबुरामले फेरि वीर लगे । वीरले फेरि दोहो¥यायो, ‘मिर्गौलाले कामै नगर्ने भएको छ । प्रत्यारोपण नै गर्नुपर्छ, सानो खर्चले पुग्दैन ।’ अब भने उनीहरु आत्तिए । बाबुरामलाई त सपनाजस्तो लाग्यो । विश्वास गर्न सकिरहेका थिएनन् उनले ।

‘त्यसपछि घरमा आएँ, अनि ढोका थुनेर एक्लै बेस्सरी रोएँ’, गोपी अहिले पनि उसरी नै भक्कानिन्छिन् । अन्तत तितो वास्तविकता स्वीकार गरेर उनीहरु दुवै निदान अस्पताल पुगेका थिए । शुरुमै डाक्टरले भने, ‘पहिला बचाउनतर्फ लागौं, त्यसको लागि डायलोसिस शुरु गर्नुपर्छ ।’

बाबुराम ठूलो सास फेर्छन्, ‘एक महिना ढिलो भएको भए आज बुढी हामीसँग हुने थिइन ।’ डायलोसिस शुरु भएपछि गोपी उल्टो हिम्मत हार्दै गएकी थिइन् । घरको आर्थिक अवस्थाले नधानेर बाबुरामले साथी, आफन्तसँग हात फैलाउन परिरहेको थियो । मिर्गौला दिने व्यक्ति भेटिएको थिएन । घर–व्यवहार तहसनहस भएको थियो । निर्माण व्यवसायी बाबुराम पनि काममा जान सकिरहेका थिएनन् । गोपी भन्छिन्, ‘मलाई त बाँच्छु जस्तै लागेको थिएन ।’

एक दिन बाबुरामले अनायास गोपीलाई भने, ‘तिमीलाई म दिन्छु मिर्गौला ।’ श्रीमतीले श्रीमानलाई, छोरीले बाबालाई, आमाले छोरालाई मिर्गौला दिएको उदाहरण थुप्रै छन् । तर, श्रीमानले श्रीमतीलाई मिर्गौला दिएका घटना निकै कम सुनिन्छन् ।

बाबुराम भने आफ्नो निर्णयमा दृढ थिए । ‘मैले धेरै सोँचे । एक मन त नदिउँ जस्तो पनि लागेको थियो । तर, अर्को विहे त गरौंला तर, योजस्तो अर्को बुढी त पाउन सक्दिनँ भन्ने लाग्यो । उसको मायाले नै मिर्गौला दिन तयार भएँ’, बाबुरामले सुनाए ।

तर, गोपीलाई आफ्नोभन्दा बढी माया श्रीमानको थियो । त्यसैले भनिरहन्थिन्, ‘भो जे हुन्छ हुन्छ, मिर्गौला नदिनुस् । तपाईले काम गर्नुपर्छ ।’ बाबुरामले सुनेको नसुनै गरे । बरु जीवनमै पहिलोपटक रगत जाँच गरे । उनको ब्लड ग्रुप रहेछ ओ–पोजेटिभ । अर्थात युनिभर्सल डोनर ।

कस्तो संयोग ! श्रीमतीलाई मिर्गौला दिनुपर्छ भनी ओ पोजटिभ ब्लड ग्रुप लिएर जन्मिएजस्तो । गोपी भक्कानिन्छिन्, ‘उहाँले नै जवरजस्तीले मिर्गौला दिएर बचाउनुभयो । मैले त बाँच्ने आशा मारिसकेकी थिएँ ।’ वीर अस्पतालमा मृगौला प्रत्यारोपण गरेको तीन महिनापछि उनीहरु घर फर्किए । केही समयपछि गोपी पनि काममा जान थालिन् । दुईमध्ये एक छोरीको बिहे भइसकेको छ । छोरा ११ मा अध्ययन गर्दैछन् ।

अहिले गोपीभन्दा बढी खुशी बाबुराम छन् । कहिले काहीँ गोपी विरामी भएको थाहा पाउँदा पनि उनको कटक्क मन खान्छ । ‘भोलि को पहिला मरिन्छ थाहा छैन । तर, अहिले सँगै बाँच्न पाउँदा दुवै जना खुशी छौं,’ बाबुराम भावुक मुद्रामा बोल्छन्, ‘मेरै मिर्गौलाले हामी जोडिएका हौं । अहिले अझ नजिक जस्तो लाग्छ । अझ धेरै माया लाग्छ ।’ एकोहोरो बाबुरामको अनुहारमा टोलाइरहन्छिन् गोपी । एकछिनपछि बगेका आँशु पुछ्दै भन्छिन्, ‘म धेरै भाग्यमानी !’ भन्छन् नि, त्यागले मायालाई जिवन्त बनाउँछ । हो, उनीहरुबीचको माया जिवन्त छ ।

अन्य .पाठेघर नै काटेर फाल्नु पर्दैन, यसरी सजिलै सँग सामाधान गर्न सकिन्छ ?तपाइ पनि एक शेयर गर्नुहोस !  बनेपाकी ३० वर्षीया शर्मिला (नाम परिवर्तन) लगातार रक्तश्राव भएपछि चिकित्सककहाँ पुगिन्। अल्ट्रासाउण्ड गरेपछि चिकित्सकले भने, ‘पाठेघरमा मासु पलाएको छ, तुरुन्त अप्रेशन गर्नुपर्छ ।’ एक सन्तानकी आमा शर्मिला चिकित्सकको कुरा सुनेर आत्तिइन्। उनले औषधि खाएर निको हुन्छ कि ? भनेर सोधिन् पनि। तर, चिकित्सकले पाठेघरमा मासु पलाएकोले पाठेघरै फाल्नुपर्ने दोहो¥याए।

दोस्रो सन्तानको योजनामा रहेका शर्मिला र उनका पतिका ला गि सुखद् समाचार थिएन यो । उनको उमेर पनि त ३० वर्ष
मात्रै थियो। चिकित्सकले अप्रेशनबाहेक अर्को उपाय नभएको बताएपछि उनीहरुले अप्रेशनका लागि मिति समेत लिए।
अपे्रेशनको मिति जति नजिक आयो, चिन्तापनि थपिंदै गयो। पहिलो मिति बहाना बनाएर टारे। अस्पतालले अर्को मिति दियो । अस्पतालले पटक–पटक फोन गरेर अपे्रशनका लागि बोलाइरह्यो । तर, मनले नमानेपछि उनीहरुले अन्य ३÷४ जना काठमाडौंका नाम चलेका स्त्री रोग विशेषज्ञसँग जाँच गराए।

शर्मिलाले भनिन्, ‘अधिकांश चिकित्सकले औषधि खाएर निको हुन्छ भनेपछि मेरो मन ढुक्क भयो। नत्र मलाई राति निद्रा नपर्ने, चिन्ता लागिरहने समस्या भयो। झण्डै डिप्रेशन भएको।’ शर्मिला मात्र होइन, रुपन्देहीबाट आएकी राधा भण्डारीलाई पनि यस्तै समस्या देखिएको थियो। उपचारका लागि प्राइभेट अस्पतालमा पुगेकी उनलाई चिकित्सकले पाठेघरमा मासु पलाएकोले तुरुन्तै फाल्नुपर्छ भने । उनले अन्य चिकित्सकसँग पनि परामर्श गरी औषधि खाइरहेको बताइन्। ‘आजकल त के भएको, एउटै चिकित्सकलाई देखाएर त विश्वासै नलाग्ने, चिकित्सकपिच्छे फरक कुरा आउँछ, कसको कुरा ठीक हो पत्याउनै गाह्रो।’

स्वास्थ्यखबरको सम्पर्कमा आएका यी दुई महिलाको विषयपछि स्वास्थ्यखबरले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग चासो रोखेको थियो । सो क्रममा यी महिलाजस्तै धेरै महिलालाई चिकित्सकले पाठेघर नै फाल्नुपर्छ भनेर कर लगाउने गरिएको भेटियो। स्त्री रोग विशेषज्ञकहाँ पुग्ने धेरै महिलामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिन्छ। पाठेघरमा मासु किन पलाउँछ ?पाठेघरमा मासु पलाउने बित्तिकै शल्यक्रिया आवश्यक छ वा छैन ? यिनै विषयमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा २५ वर्षदेखि कार्यरत स्त्री रोग विशेषज्ञ डा. मीना झासँग गरिएको कुराकानी।

पाठेघरमा मासु किन पलाउँछ ? पाठेघरमा मासु पलाउनुको कारण यही नै हो भन्ने छैन। वंशाणुगत कारणले पनि हुन्छ। कतिपय अवस्थामा थाहा नै हुँदैन। अन्य समस्या लिएर अस्पताल आएका महिलालाई समस्याका आधारमा जाँच गरेपछि मात्र थाहा हुन्छ पाठेघरमा मासु पलाएको रहेछ भनेर।

पाठेघरमा मासु पलाएको कसरी थाहा पाउने, यसका लक्षण के–के हुन् ? पाठेघरमा मासु पलाएको शंका गर्ने प्रमुख कारण महिनावारी हुँदा धेरै रगत जानु, अत्याधिक पेट दुख्नु हो । महिनावारी हुँदा सामान्यतः५÷६ दिनमा श्राव बन्द हुनुपर्छ । तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ । बीचमा रोकिएर फेरि श्राव हुने सम्भावना पनि हुन्छ ।

पेट अत्यधिक दुख्ने तथा रगत धेरै बग्दा त्यसले अन्य समस्या पनि ल्याउँछ । शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने, कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ । हामीकहाँ महिलाहरु धेरै रगत बग्यो, महिनावारी हुँवा वा अन्य समयमा पनि अत्यधिक पेट दुख्यो, सन्तान भएन, गर्भ रहन्छ तर खेर गइरह्यो भन्ने जस्ता समस्या लिएर आउँछन् । उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । हामीले उनीहरुसँग सोधपुछ गरी र अल्ट्रासाउण्ड गरेर निश्चित गर्छौं।

धेरै चिकित्सकले पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर फाल्नुपर्छ भनेको सुनिन्छ, यसको उपचार अपे्रशन मात्र हो ?
राम्रो प्रश्न सोध्नुभयो । बिरामीको अवस्था र आवश्यकता हेरी उपचार हुन्छ। धेरै महिला अन्य थुप्रै ठाउँमा उपचार गराएर अन्तिममा प्रसूतिगृह आउँछन्।अन्य डाक्टरले पाठेघर तुरुन्त फाल्नुपर्छ भन्नुभयो, मलाई के भएको डाक्टरसाप?भनेर सोध्छन् । कसैको उमेर पनि कम नै हुन्छ। उनीहरुलाई पाठेघर झिक्नुपर्छ भन्दा डर लाग्नु स्वभाविक हो। सत्य त के हो भने पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर झिकेर फाल्नुपर्दैन।सामान्य शल्यक्रिया मायोमेक्टोमी अर्थात् मासु झिकेर फाल्न सकिन्छ। पलाएको मासु ठूलो छ अर्थात् ठूलो फ्याब्राइट छ भने मासु झिकेर बायोब्सी गरेर पनि निक्र्योल गरी उमेर पुगेको छ भने झिक्न सकिन्छ।

हामीले कम उमेर भएका,सन्तानको रहर नपुगेका, औषधि गरेर निको हुने अवस्थाका महिलाको पाठेघर सकेसम्म फाल्दैनौं। कति महिलाहरु आफैं पनि पाठेघर झिकिदिनुस् ढुक्क हुन्छ भन्छन्। तर, उनीहरुलाई औषधिले निको हुने अवस्था भएसम्म पाठेघर झिक्नुहुन्न भनेर सम्झाउने काम चिकित्सक हो। आजकल धेरै निजी अस्पतालमा पाठेघरसम्बन्धी समस्या हुनासाथ झिक्नुपर्छ भन्ने गलत अभ्यास भएको छ। झिक्नैपर्ने अवस्थाबाहेक अन्य अवस्थामा पाठेघर झिक्नुहुन्न। फालिसकेपछि त्यसले अझ धेरै समस्या निम्त्याउन सक्छ।
सन्तान पूरा भएका, उमेर पुगेका, शल्यक्रियाबाहेक अन्य उपाय नभएका महिलाको हकमा भने मात्र फाल्नैपर्ने अवस्था हुन्छ।

एकपटक मासु फालेपछि फेरि पलाउने सम्भावना हुन्छ कि हुँदैन? पाँच वर्षको अवधिमा ५० प्रतिशत बिरामीमा फेरि पलाउने सम्भावना हुन्छ । किनकि प्रजनन् क्षमता भएकामहिनावारी हुने महिलामा पलाइरहन्छ। परिवारका अघिका महिलामा थियो भने पछिका महिलालाई पनि हुन्छ।हामीले एक ठाउँमा पलाएको मासु पो फाल्छौं, फेरि अन्य ठाउँमा आउन सक्छ । दोहोरिन थाल्यो, परिवार पूरा भएको छ, रक्तश्राव रोकिएन, उमेर पुगेको छ भने पाठेघर फाल्नुस् भनेर सल्लाह दिन्छौं।

पाठेघर फाल्दा पछि पनि समस्या देखिन्छ भन्नुभयो, कस्ता समस्या देखिन्छन् ? झिक्नैपर्ने अवस्थाबाहेक शरीरको कुनैपनि अंङ्ग झिक्नु राम्रो होइन । पाठेघरको कुरा पनि त्यही हो। एक त सानै उमेरमा पाठेघर फाल्दा बच्चा नभएकालाई बच्चा हुँदैन, अब भन्नुस्, ३४÷३५ वर्षको महिलाको पाठेघर फाल्नु राम्रो हो त ? बाध्यताबाहेक उसको त पूरै बाँकी जिन्दगी बाँच्नु छ, समस्या हुन्छ नि। फालेपछि पनि चिट्चिट्पन हुने, झिंजो लाग्ने, कम्मर दुख्ने,ब्याकपेन हुने, धेरैलाई निद्रा नपर्ने समस्या हुन्छ । हातखुट्टा गल्ने, धेरै काम गर्न नसक्ने समस्या पनि देखिन्छन्।

पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भनेकस्तो समस्या निम्तिन्छ? एकदम कम महिला .२देखि .५ प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना हुन्छ । सन्तान नभएकालाई सन्तान हुँदैन। पाठेघरमा मासु तीन प्रकारको हुन्छ। पाठेघरको बाहिरी भागमा जसलाई चिकित्सकीय भाषामा सब्ह्रसिरस भनिन्छ । यो समस्या भएमा पेट अत्यधिक दुख्छ । यो बेला उपचार गराइहाल्नुपर्छ।

अर्को, पाठेघरमै मासु पलाउँछ । यो धेरै महिलामा देखिने सामान्य समस्या हो । यसलाई इन्ट्रामिरल र तलको भागमा सबम्युकस भन्ने हुन्छ । पिसाब फेर्न समस्या हुन्छ। त्यसैले लामो समयदेखि रगत बगिरहने समस्या छ भने त्यसलाई बेवास्ता नगर्नुस्। समयमा उपचार भए पाठेघर झिकेर फाल्नुपर्दैन। पाठेघरको मुख ठूलोभएको वा मासु पलाएको छ भने क्यान्सरको लक्षण पनि हुनसक्छ । त्यसैले नजिकैको स्वास्थ्य संस्थामा गई देखाउनुस्। अन्य समस्या भए उनीहरुले ठूलो अस्पतालमा रेफर गर्छन्।

Share